Thu. Apr 25th, 2024

कहिले एउटै प्रदर्शन मितिमा धेरै चलचित्र प्रदर्शनमा आउदाँ निर्माताले पानी पनि भन्न नपाउने हालको अबस्थामा आजबाट भने दर्शकले नामै नसुनेको एक नेपाली चलचित्र प्रदर्शनमा आएको छ ।  ऋषि न्यौपाने निर्देशित चलचित्र तनाब आजबाट अलनेपाल प्रदर्शनमा आएको हो । यस चलचित्रमा निर्मल सेन्चुरी, रागिनी खड्गी,एनी कुवँर लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

furious7

चलचित्र तनाबमा एलआर बिबेक सापकोटा, सिताराम श्रेष्ठ र पुरन तामांगको संयूक्त लगानी रहेको छ । त्यस्तैं नेपाली चलचित्र तनाबसँग हलिउडको सर्वाधिक प्रतिक्षित चलचित्र फ्यूरियस ७ पनि प्रदर्शनमा आएको छ । चलचित्र फ्यूरियस ७ फास्ट एन्ड द फ्यूरियसको सातौं सिक्वेल हो। वर्ष २०१३ मा निधन भएका अभिनेता पल वाकरप्रति समर्पित यो चलचित्र दर्शकको रोजाइमा पर्न सक्ने अनुमान गरिएको छ। वाकरको कार दुर्घटनामा निधन भएको थियो। यो एक्सन प्रधान चलचित्रको निर्देशन जेन्स वानले गरेका हुन् जसमा पल वाकर, भिन डिजेल, डेवान जोन्सन, मिचेल रोड्रिग्युज, लुकास ब्ल्याक आदि कलाकारले अभिनय गरेका छन्।

%d bloggers like this: