Thu. Apr 25th, 2024

बर्षकै सर्वाधिक महंगो खर्चमा निर्माण भएको चलचित्र ‘चंखे शंखे पंखे’को नयाँ ट्रेलर रिलिज भएको छ । गएको शनिबार मात्र सम्पुर्ण छायांकन सकेर हाल सम्पादन कार्य धमाधम चलिरहेको यस चलचित्रको सार्वजनिक ट्रेलरमा चलचित्रका प्राय सम्पुर्ण कलाकारहरु देखिएका छन् । कमेडी,मित्रता र राष्ट्रियताको प्रेमभाव देखाइएको ट्रेलरले दर्शकको मनजित्ने निर्माता सन्तोष सेन बताउँछन् ।

chankhe_shankhe_pankhe3

चलचित्र चंखे शंखे पंखेमा सुर्दशन थापा, सुवास थापा, प्रेम पुरी, पूजा शर्मा, नन्दिता केसी, राजाराम पौडेल लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रमा गोविन्द राईको नृत्य, अष्ट महर्जनको द्वन्द्व, राजेश श्रेष्ठको छायांकन हुनेछ । रामशरण पाठकको कथा, ताराप्रकाश लिम्बुको संगीत रहने चलचित्रमा ३ गीत समावेश छन् । चलचित्रमा चंखेको भूमिकामा सुवास थापा, शंखेको भूमिकामा सुदर्शन थापा र पंखेको भूमिकामा प्रेम पुरी देखिदैछन् । सुदर्शन थापाले निर्देशन रहेको यस चलचित्रमा सन्तोष सेन ठकुरीको लगानी गरेका छन् ।

%d bloggers like this: