Wed. Apr 24th, 2024

आफ्नो अभिनयका कारण सधै चर्चामा रहने बलिउड अभिनेत्री कंगना रनावतले रिमा कागतीको चलचित्र ‘मि.चालू’ मा अभिनय नगर्ने भएकी छन् । केहि समय अगाडी सैफ अली खान सँगै मुख्य भूमिकामा देखिने घोषणा गरेकी कंगनाले सो चलचित्रबाट हात निकालेपछि उनको ठाउँमा प्रियंका चोपडा देखिने भएकी छन् । ‘मि.चालू’ नामक सो चलचित्रबाट केहि समय अगाडी अभिनेता सैफ अलीले पनि हात झिकेका थिए । यस्तै कंगना पनि अहिले आएर खेल्न मानिनन् ।

kangana-priyankakrrish

हालै मात्र कंगनाले मि.चालूमा अभिनय गर्ने कुरा अस्वीकार गरेकी छन् ।  एउटा ठग पात्रको कथा भन्ने मि. चालूमा रिमाले भने अब प्रियंका चोपडा र फवाद खानलाई मुख्य भूमिकामा लिने तयारी गरेको खबर बाहिर आउन थालेको छ । कंगना पछिल्लो समय निकै नै चर्चित पात्र बन्दैं गएकी छिन् । उनले अभिनय गरेको चलचित्र क्विनले सर्वाधिक चर्चा र व्यापार गरेपछि कंगनाको व्यस्तता निकैनै बढेको छ । कंगनाले उक्त चलचित्रबाट दर्जनौं अर्वाडहरुपनि हात पारिसकेकी छिन् । खबरका अनुसार पछिल्लो समय बलिउड अभिनेत्री प्रियंका चोपडा र कंगाना बिचको सम्बन्ध राम्रो छैन तर कंगनाले छोडेको चलचित्रमा प्रियंका देखिनुलाई यति बेला उनीहरुको सम्बन्ध पानी बाराबारको अबस्थामा रहेको बुझ्न सकिन्छ ।

%d bloggers like this: