Fri. Mar 29th, 2024

magenहलिउड अभिनेत्री मेगन फाक्स बेला बखतमा चर्चा र विवादमा आइरहने नायिकाको रुपमा चिनिन्छन् । त्यहि क्रममा उनले हलिउडको फेशन म्यागजिन हार्पर्स बजारका लागी एक अन्तरर्वार्ता दिदैं आफु अरु नायिका भन्दा फरक सोचकी यूवती भएको बताएकी छिन् । उनले अन्तरर्वार्तामा भनेकी छिन् -‘मलाई मानिसहरुले म धेरै समझदार,पढेलेखेको र जोशिली यूवतीको रुपमा चिन्ने गर्छन तर मलाई यो सोच प्रति निकै हाँसो उठेर आउँछ किनकी म एक चलचित्र र म्युजिक भिडियोमा खेल्ने मोडल र नायिका मात्र होइन म अरु भन्दा केहि खास छु ।’ मेगनले उक्त म्यागजिनका लागी दिएको अन्तरर्वार्ताले केहि तहल्का मच्चाउने अडकल काटिएको छ,किनकी उनले उक्त अन्तरर्वार्तामा धेरै विवादास्पद कुराहरु समेत बोलेकी छिन् । उक्त म्यागजिन यहि साता प्रकाशन हुदैंछ । मेगनले उक्त म्यागजिनका लागी आर्कषक तस्विर समेत खिचाएकी छिन् । उक्त तस्विरमा मेगनले आफ्नो एउटा हात शिर माथि राखेकी छिन् भने अर्को हात आफ्नो कम्मरमा राखेकी छिन् ।

%d bloggers like this: