Sat. Apr 20th, 2024

कमेडी चलचित्र वडा नम्बर ६ असोज १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । निर्माता तथा कलाकार दिपकराज गिरीका अनुसार चलचित्र वडा नम्बर ६ का लागी उपयूक्त मिति असोज १ गतेनै हुने भएका कारण सोहि मितिमा चलचित्र प्रदर्शन गरिन लागेको जानकारी दिए । त्यस्तैं निर्मात्री दिपाश्री निरौलाले चलचित्र वडा नम्बर ६ लाई असोज १ भन्दा अगाडीनै प्रदर्शनमा आउने इच्छा भएपनि प्राविधिक कारणले असोज १ गते प्रदर्शनमा ल्याइन लागेको बताइन ।

deepa-kedar

यस चलचित्रलाई एफडी कम्पनीले काठमाण्डौ बाहिर ३५ लाख एमजी दिइसकेको छ । काठमाण्डौ बाहिर यो चलचित्रले यती रकम उठाएपनि नउठाएपनि ३५ लाख प्राप्त गर्ने पक्का भएको छ । यो भन्दा माथिको व्यापार भएको खण्डमा निर्माता र वितरक कम्पनीलाई आधा-आधा हिस्सा प्राप्त हुने दीपाश्रीको भनाई छ । उज्ज्वल घिमिरेले निर्देशन गरेको यो चलचित्रमा दीपकराज गिरी, सिताराम कट्टेल, जीतु नेपाल, दयाहाङ राई, प्रियंका कार्कीको मुख्य भूमिका छ । चलचित्रमा विल्सन विक्रम राइ विशेष भूमिकामा देखिनेछिन् ।  चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी छ ।

%d bloggers like this: