Wed. Apr 24th, 2024

ash
जेठ ८ गतेबाट अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘अधकट्टी’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक भएको नयाँ ट्रेलर निकै आर्कषक र रोचक देखिएको छ । द्वारिका उदय प्रोडक्सनको प्रस्तुतीमा प्रदीप कुमार उदयले निर्माण गरेको ‘अधकट्टी’ पत्रकार सुब्रत आचार्यले निर्देशन गरेका हुन् । चलचित्र ‘अधकट्टी’ कमेडी बिषयको भनिएको छ । चलचित्रमा विल्सन विक्रम राई, रिस्ता बस्नेत, अशिष्मा नकर्मी, प्रदिप बाँस्तोला, गौरव पहारी र विशेष भूमिकामा नायिका नम्रता श्रेष्ठको अभिनय छ ।  बसन्त सापकोटाको संगीत रहेको यो फिल्ममा हरी लामा घलेको छायाँकन रहेको छ ।

%d bloggers like this: