Fri. Apr 19th, 2024

सुवास इन्टरटेन्टमेन्टले आर्यन सिग्देल इन्टरटेन्टमेन्टसंगको सहकार्यमा नयाँ चलचित्र  ‘क्लासिक’को निर्माण थालनी गरिएको छ । यस अघि यसै बर्ष प्रदर्शनमा आएको चलचित्र ‘नोभेम्बर रेन’ निर्माण गरेको यूनिटले चलचित्र  ‘क्लासिक’ निर्माण गर्न लागेको हो । त्यहि क्रममा चलचित्र  ‘क्लासिक’को छायांकन बैशाखबाट सुरु गर्नेका लागी निर्माणपक्षले मंगलबार ‘क्लासिक’को म्युजिक इन्सर्ट कार्य सम्पन्न भएको छ। राजधानीको सिनेजोन स्टुडियोमा संगीतकार ताराप्रकाश लिम्बुसहित निर्देशक दिनेश राउत,निर्माताद्वय सुवास गिरी र कमल गिरी,गायक युवराज चौलागाईं, गायिका मेलिना राई, सिनेम्यटोग्राफर राजेश श्रेष्ठ,एसोसियट निर्देशक विकास सुबेदी, एरेन्जर राजन इशान लगायतको टोलीले गणेश भगवानको पूजा गर्दै फिल्मको म्युजिक इन्सर्ट कार्य सम्पन्न गरेको हो।

83621classic-3

निकै नै उत्कृष्ट गीत सिर्जना भएका छन् । सांगीतिक पक्षले नोभेम्बर रेनबाट जुन सफलता प्राप्त भएको थियो,त्यो क्लासिकमा पनि दोहोर्याउन चाहन्छौ चलचित्रका संगीतकार लिम्बुले भने । चलचित्रलाई ‘आइ एम सरी’ र ‘नोभेम्बर रेन’ जस्ता ब्यबसायिक चलचित्र निर्देशन गरिसकेका निर्देशक दिनेश राउतले निर्देशन गर्नेछन्। चलचित्रमा ‘नोभेम्बर रेन’ जोडी आर्यन सिग्देल र नम्रता श्रेष्ठ पुन दोहोरिदै छन्। चलचित्रमा आर्यन र नम्रतासंगै मुख्य भूमिकामा दयाहांग राई समेत रहने छन्। चलचित्रको कथा पनि ‘नोभेम्बर रेन’ कै लेखक समेत रहेका छेतन गुरुङले लेखेका हुन्। म्यूजिकल लभस्टोरीमा आधारित भएर निर्माण हुन लागेको यस चलचित्रको गीतसंगीतमा सुरुवातबाटै बिशेष ध्यान दिएको चलचित्रका निर्माता सुवास गिरीले जानकारी दिए ।

%d bloggers like this: