Thu. Apr 25th, 2024

यहि चैत २७ गतेदेखी देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र हवल्दार सुन्तली दर्शकको रोजाइको चलचित्र बनेको नायिका शिल्पा पोखरेलले बताएकी छिन् । छबिराज प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र लज्जाबाट नेपाली रजतपटमा डेव्यू गरेकी नायिका शिल्पा पोखरेलको चलचित्र हवल्दार सुन्तली दोस्रो प्रोजेक्ट हो । हवल्दार सुन्तली आफ्नो लागी विषेश चलचित्र रहेको समेत नायिका पोखरेलले हामीसँगको कुराकानीमा बताएकी छिन् । चलचित्रमा मुख्य भुमिका निभाएकी शिल्पा भन्छिन् -‘हवल्दार सुन्तलीले दर्शकलाई निराश बनाउने छैन किनकी चलचित्र दर्शकको रोजाइको बनेको छ ।’ हवल्दार सुन्तली धामीको बलात्कारको बिषयमा बनेको यो चलचित्रमा शिल्पाले आफूले सक्दो काम गरेको बताइन् ।

shilpa

चलचित्रमा आफू शिर्ष भूमिकामा भएकाले पनि अरुको भन्दा धेरै जिम्मा आफ्नो भएको उनको भनाई छ । फिल्म छायांकनको समयमा पनि निर्देशकले आफूलाई नै राम्रो गर्नुपर्छ है भनेकाले पनि बहुतै मिहिनेत गरेको शिल्पाले बताइन् । आफ्नो तेस्रो चलचित्र ‘फागु’को सुटिङ् सकेर नयाँ वर्षको पूर्व सन्ध्यामा चैत २७ गते रिलिज हुन लागेको दोस्रो चलचित्र ‘हवल्दार सुन्तली’को प्रचारमा शिल्पा पोखरेल यतिबेला व्यस्त छिन्। ऋषि लामिछानेले निर्देशन गरेको यो चलचित्रलाई निर्माता छबिराज ओझाले निर्माण गरेका हुन् । चलचित्रमा नायिका शिल्पासगैं नायकद्धय सविन श्रेष्ठ र किशोर खतिवडाको पनि मुख्य भुमिका रहेको छ । चलचित्र अहिले गीतसंगीतका कारण चर्चामा छ । चलचित्रको ‘घन्टी बज्यो र तिम्रा डोला डोला हातमा’ बोलको गीत अहिले खुबै चर्चामा छन् ।

%d bloggers like this: