Thu. Apr 25th, 2024

नेपालमा शिक्षा विकास अझै पनि सर्वसाधारणको पहुँचमा नपुगेको यथार्थतालाई प्रस्तुत गरेको ७५ मिनेट लामो वृत्तचित्र ‘शिक्षाको खोज’ले समाजसेवा थालेको छ । वृत्तचित्रको हालै मात्र नेपालका विभिन्न ठाउँहरुमा गरिएको प्रदर्शनपछि संकलित रकम काठमाडौंको सिभिल हस्पिटलमा क्यान्सरसँग संघर्ष गरिरहेका १५ वर्षीय बालक मुकेश याख्वाको उपचारमा सहयोग गरिएको छ । उक्त वृत्तचित्र निर्देशन जीवन भट्टराईले गरेका हुन् । बनेपाको युवा समूह सानो प्रयासले स्थानीय मयुर सिनेमा हलमा वृत्तचित्र प्रदर्शन गरेर सहयोग राशि संकलन गरेको हो ।

अर्घाखाँची युथ सेवा र कम अन युथ स्ट्याण्डपको आयोजनामा अर्घाखाँचीमा मात्र केहि दिन अगाडी यस वृत्तचित्रको प्रदर्शन गरिएको थियो । वृत्तचित्र चार वर्षको समय लगाएर र तीस लाख रूपैयाँको लगानीमा इष्ट च्यानलले निर्माण गरेको थियो । यस वृत्तचित्र चितवन, काठमाडौं, पोखरा, रूपन्देही, अर्घाखाँचीलगायतका ठाउँमा प्रदर्शन गरिसकिएको निर्देशन भट्टराईले जानकारी दिए । उनले भने -‘यस वृत्तचित्र देखाएर उठेको रकमले दुर्गमक्षेत्रमा अध्ययन गर्ने बालबालिकाहरुलाई शैक्षिक सामाग्री र पाठ्य पुस्तकहरु वितरण गर्ने छौं ।’

%d bloggers like this: