Sat. Apr 27th, 2024

सायद र र होस्टेल जस्तो सफल चलचित्र दर्शक माझ पस्किसकेको दुर्गिस फिल्मस्को अर्को नयाँ चलचित्र होस्टेल रिटन्र्सको मंगलबार राजधानीमा एक कार्यक्रमका विच ट्रेलर सार्वजनिक गरिएको छ । कलेज पढ्ने यूवापुस्ताको घटनालाई देखाउन खोजेको चलचित्र होस्टेल रिटन्र्सको नयाँ ट्रेलरलाई दर्शकले मन पराउने निर्माणपक्षले विश्वास बोकेको छ । राजधानीको क्यूज सिनेमा हलमा चलचित्रको ट्रेलर सार्वजनिक र चलचित्रका निर्देशक सुरज भुषालको जन्मदिनको अवसरमा आयोजना गरिएको कार्यक्रममा उपस्थित पत्रकार तथा चलचित्रकर्मीहरुले चलचित्रको सार्वजनिक ट्रेलरलाई निकै रुचाएका थिए । ट्रेलर क्यूज सिनेमा हलको पर्दामा देखाइदैं गर्दा चलचित्रकर्मी तथा पत्रकारहरुले तालीको बर्षा छोडेका थिए । ट्रेलरमा कलाकारहरुले बोलेका सम्वादहरु दर्शकले झट्ट सम्झने खाल्का छन् ।

hostel returns ट्रेलर सार्वजनिक पश्चात कार्यक्रममा बोल्दैं निर्माता सुनिल रावलले चलचित्र होस्टेल रिटन्र्स दर्शकको रोजाइको चलचित्र बनेको बताए । चलचित्र होस्टेल रिटन्र्स विद्यार्थीहरुको कथामा आधारित भएका कारण ‘शिक्षाका लागि रिटर्न्स’ भन्ने अभियान पनि आफुहरुले सुरु गरेको निर्माता रावलले जानकारी दिए । ‘शिक्षा विना यो संसारमा केहि पनि छैन त्यसैले होस्टेल रिटन्र्स शिक्षाका लागी बनेको हो’,- निर्माता रावलले भने । त्यस्तैं कार्यक्रममा बोल्दैं चलचित्र निर्देशक सुरज भुषालले चलचित्र होस्टेल रिटन्र्सले यूवापुस्ताको वास्तविक कथा बोकेको बताए । कार्यक्रममा निर्देशक भुषालको जन्मदिनको अवसरमा केक पनि काटिएको थियो । निर्माता सुनिल रावलको लगानी रहेको यस चलचित्र दुर्गिस फिल्म्सको ब्यानरमा निर्माण भएको हो । यो ब्यानरबाट बनेको यो तेस्रो चलचित्र हो। चलचित्रमा सुशील श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, स्वस्तिमा खड्कालगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । चलचित्र ‘होस्टेल रिटर्न्स लाई सुरज भुषालले निर्देशन गरेका हुन् ।

%d bloggers like this: