Fri. Mar 29th, 2024

करिब १२ बर्षपछि अब पुन दर्शकले एक पुराना नायक रमेश उप्रेतीलाई पर्दामा देख्न पाउने भएका छन् । कुनै समय घमण्डी नायकको रुपमा परिचित नायक रमेश उप्रेतीले करिब १२ बर्ष पछि निर्माता केशव भट्टराइले निर्माण गर्न लागेको चलचित्र ‘ब्रासलेट’मा देखिन लागेका हुन् । मंगलबार काठमाडौंमा रहेको पाँचतारे होटल एभरेष्टमा आयोजना गरिएको चलचित्र ‘ब्रासलेट’को औपचारिक निर्माण घोषणा कार्यक्रममा चलचित्रका कलाकारहरुले र्‍याम्प नाचेर आफ्नो परिचय दिएका थिए ।

braclet

कार्यक्रममा चलचित्रका दुई नायिकाद्वय रजनी केसी र नम्रता सापकोटा कम्मर मर्काउँदै र्याम्पमा देखिए उनीहरुलाई चलचित्रका नायक रमेश उप्रेतीले साथ दिँदा तालीले कार्यक्रम स्थल गडगडाहट बन्यो । चलचित्र पराइघरबाट अभिनयमा डेब्यु गरेका नायक रमेश उप्रेती केही समय यो क्षेत्रबाट टाढीएपनि फेरी ब्रासलेटबाट कमब्याक गर्न लागेका छन् । चलचित्रमा रमेश, नम्रता र रजनी बाहेक रितिक शाही, सुगम शर्मा, सुनिता ठाकुर, कमल मैनाली, राजु बजाज लगायतका कलाकारको पनि अभिनय रहेको छ । थ्रिलर कथामा निर्माण हुन लागेको ब्रासलेट घोषणा समारोहमा नायिका करिश्मा मानन्धर, कलाकार दिपकराज गिरी, दीपाश्री निरौला, पुजना स्त्री, लगायतका कलाकारहरु उपस्थित थिए । यो चलचित्र थ्रिलर कथामा निर्माण हुन लागेको जानकारी निर्देशक शर्माले दिएका छन् ।

%d bloggers like this: