Thu. May 9th, 2024

 बलिउड अभिनेत्री तथा पूर्व विश्व सुन्दरी ऐश्वर्या राय बच्चन यति बेला चलचित्र जज्बाको छायांकनमा व्यस्त छिन.। जज्बाको छायांकनमा व्यस्त रहेको बेला ऐश्वर्या राय बच्चनलाई डान्स रियालिटी शो नच बलिए को सातौं संस्करणमा निर्णायक बन्न प्रस्ताव गरिएको थियो तर ऐश्वर्याले त्यसलाई अस्वीकार गरिदिएकी छिन् । भनिन्छ, ऐश्वर्या अहिले नै चलचित्र करिअर छोडेर टेलिभिजनमा आउन चाहन्नन् । जबकि उनका ससुरा अमिताभ बच्चन तथा श्रीमान् अभिषेक बच्चनले टेलिभिजन होस्टका रूपमा काम गरिसकेका छन् ।

asorys

पाँच वर्षपछि चलचित्र जज्बाबाट कमब्याक गर्ने तयारीमा रहेकी ऐश्वर्याले टेलिभिजन शोको प्रस्तावलाई ठाडै नो भन्नुका पछाडि पारिवारिक कारण पनि एक हो । उनी अभिनित चलचित्र ‘जज्बा’ ९ अक्टोवरमा रिलिज हुदैंछ । चलचित्र जज्बामा ऐश्वर्याको अलवा इरफान, शबाना आजमी, अभिमन्यु सिंह, अतुल कुलकर्णी, चंदन राय सन्याल र अनुपम खेरको पनि मुख्य भूमिका रहेको छ । संजय गुप्तको निर्देशन रहेको यस चलचित्रमा कमलेश पांडेय र रोबिन भट्टको पटकथा रहने छ । ऐश्वर्याको कमब्याक चलचित्र भएकोले यो चलचित्रलाई बलिउडको प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ । छोरी आराध्याको जन्म भएपछि बलिउड चलचित्रबाट टाढा भएकी ऐश्वर्या पाँच बर्षपछि फेरी बलिउड चलचित्रमा व्यस्त हुदैंछिन् । यससँगै अभिनेत्री रायले अरु केहि चलचित्रमा समेत अभिनय गर्ने पक्का भइसकेको छ ।

%d bloggers like this: