Sat. May 11th, 2024

नेपाली सांगीतिक आकाशमा सबैभन्दा बढि चर्चामा आइरहने गायक रामकृष्ण ढकाल सबैका लोकप्रिय गायक हुन् । उनका गीतहरु जति पुराना हुदैं गएका छन् त्यतिनै उनका गीतहरु कर्णप्रिय बन्दैं छन् । ओराली लागेको, बाचुञ्जेलीलाई, रिसाउंदा नि आफ्नै, जिन्दगीमा धेरै कुरा गर्न बांकी छ लगायतका सयौं गीतहरु आजपनि दर्शकहरुले मनमनमा राखिरहेका छन् । त्यसैले पनि होला आजकाल रामकृष्ण ढकाललाई आफ्नो दिलको गायक भनेर पनि दर्शकले चिन्ने गरेका छन् । पछिल्लो समय दर्शकहरुको अत्याधिक रुचाइएको गायकको रुपमा परेका गायक रामकृष्ण ढकालको पुन चितवनको टांडीमा रामकृष्ण ढकाल सांझ हुने भएको छ ।

Ramkrishna_dhakal_sajh-final

सोसाइन्ज मिडिया प्रा।लि को आयोजनामा आगामी चैत २७ गते चितवनको टांडीमा रामकृष्ण ढकाल सांझ हुन लागेको हो । सौराह चोक टांडीमा रहेको होटल गंगोत्री हाइवेमा आयोजना हुन लागेको सो कार्यक्रम सांझ ६ बजेदेखी १० बजेसम्म चल्नेछ । लामो समयदेखी गितसंगीतको क्षेत्रमा चर्चामा रहदै आएका रामकृष्ण ढकाल एकल साँझका लागी ढकाल दोस्रो पटक चितवन आउन लागेका हुन् । सेंडाइं होडिङले प्रायोजन गरेको सो कार्यक्रममा ढकालले आफ्ना कर्णप्रिय दर्जन बढी गित गाउनेछन् । सो अवसरमा ढकाललाई उनकी छोरी रानी ढकालले समेत साथ दिनेछिन् । सेंडाइं होडिङका प्रबन्ध निर्देशक निर्देश सेंडाइंले ढकालका साथै हांस्य कलाकार दिपक राज गिरीले समेत कार्यक्रममा आफ्नो प्रस्तुती राख्ने जानकारी दिए । यसअघि गएको दंसै र तिहारको बिचमा ढकाल सुमधुर साझंको चितवनमा नै आयोजना गरिएको भएपनि रामकृष्ण ढकाल सांझ नै नाम दिएर वि.सं २०५७ सालमा कार्यक्रमको आयोजना गरिएको सेंडाइं होडिङका प्रबन्ध निर्देशक निर्देश सेंडाइंले जानकारी दिएका छन् ।

%d bloggers like this: