Sat. May 11th, 2024

भारतको नयाँदिल्लीमा आयोजना गरिएको एउटा ‘फेसन शो’ मा नेपालमा पुजा गरिने देवीलाई प्रेरणा मानेर कलेक्सन तयार पारिएको छ । फेशन डिजाइनर समन्त चौहानले पेस गरेको फेसन कलेक्सनमा नेपालमा पुजा गरिने १३ देवीलाई प्रेरणा मानेर तयार पारिएका कलेक्सनहरु प्रस्तुत गरिएको थियो ।

2

उक्त फेसन कलेक्सनमा देवीहरुको पुजा गर्ने परम्परालाई प्रस्तुत गरिएको छ ।  फेसन शो को सुरुवातमा नेपालको सुन्दरतालाई स्क्रिनमा देखाएर सुरु गरिएको ¥यापमा एउटी सानी बच्चीलाई देवीलाई जस्तै बनाएर प्रस्तुत गरिएको थियो । यसमा देवीका विभिन्न १६ रुपहरु प्रस्तुत गरिएको छ । जसअन्तर्गत सन्ध्या, सरस्वती, त्रिधामूर्ति, कालका, सुभागा, उमा, मालिनी, कुब्जिका,  कालसर्नभा, अपराजिता, रुद्राणी, भैरवी, महालक्ष्मी, पिथानायिका क्षेत्रग्या र अम्बिका रहेका छन् ।

1

नेपालमा पुजा गरिने देवीबाट प्रेरित भएर कलेक्सन तयार पारेको जानकारी दिदैं समन्त चौहानले नेपालमा पुजा गरिने १३ देवीलाई भारतमा चिनाउन सफल भएको बताए । उनले अगाडी भने -‘हामी विश्वकै सुन्दर देशमा बसेका छौं,हामीसँग हजारौं सस्कृतिहरु छन् त्यसलाई विश्वमाझ पुराउन चाहान्छु,त्यसैले मैले नेपालमा पुजा गरिने १३ देवीलाई भारतमा मात्र नभएर विश्वमाझ देखाउने तयारीमा छु ।’

%d bloggers like this: