Mon. Apr 29th, 2024

जालमा बोलको गीतका कारण खुबै चर्चामा रहेको चलचित्र ‘रेशम फिलिलि’को ‘क्यारेक्टर पोस्टर’ रिलिज भएको छ ।  क्यारेक्टर पोस्टरमार्फत पात्रको नाम र उसको पर्दा भित्रको चरित्र खुलाइएको छ । चलचित्रका मुख्य पात्र रेशम अर्थात विनय श्रेष्ठ वैदेशिक रोजगारीमा ठगिएको भुमिकामा रहेका छन। चलचित्रमा ‘सुनिता’ बनेकी मेनुका प्रधान चलचित्रमा ‘टम व्वाय’ भुमिकामा छिन।

resham filili

उनको चरित्रलाई ‘आँखा लाइस कि लात खाइस’वाक्यले व्याख्या गरिएको छ। त्यसैगरी चलचित्रमा अभिनेता कर्मा ‘ब्रयान’ नामको नेपाली हिरोको भुमिकामा छन् जसका २१ मध्य २० चलचित्र फ्लप छन्। त्यस्तै कामेश्वर चौरसिया ‘हरिया’ बनेको र शिशिर वाङदेल ‘दोर्जे डन’को भएको चलचित्रमा आशुतोष श्रेष्ठ ‘च्यारका’को भुमिकामा रहेका छन। बैशाख ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई प्रणव जोशीले निर्देशन गरेका हुन् । ‘लुट’ निर्माता माधव वाग्लेले लगानी गरेको चलचित्रमा कालिप्रसाद बाँस्कोटाको संगीत रहेको छ ।

%d bloggers like this: