Tue. Mar 19th, 2024

स्वर्गीय निर्देशक दीपक रायमाझीद्धारा निर्देशित अन्तिम चलचित्र ‘डेष्टिनेशन काठमाण्डू’को निर्माणपक्षले चलचित्रको ट्रेलर र गीत सार्वजनिक गर्दै प्रदर्शन मितिको पनि औपचारिक रुपमा घोषणा सार्वजनिक गरेको छ । अब ‘डेष्टिनेशन काठमाण्डू’ चलचित्र ‘होस्टेल रिटन्र्स’ सँग बैशाख २५ गते देखी एकसाथ प्रदर्शनमा आउने छ । अभिनेता राजेश हमाललका मामा पर्ने निर्देशक दीपक रायमाझीको चार बर्ष अघि निधन भएको थियो ।

२० प्रतिशत छायाँकन बाँकी रहंदा स्वर्गिय भएका निर्देशक रायमाझीको फिल्म ‘डेष्टिनेशन काठमाण्डू’ लाई उनका सहायक निर्देशक मधुसुदन भट्टराईले पूरा गरेका हुन् । फिल्ममा अष्ट्रेलियन कलाकार साराह मावे सहित नायक दीलिप रायमाझी र नायिका झरना थापा लगायतका कलाकार मुख्य भूमिका रहेको छ । काठमाडौं र अष्ट्रेलिया बिचको साँस्कृतिक विविधताकथा भन्ने फिल्म ‘डेष्टिनेशन काठमाण्डू’ लाई शरद अधिकारीले निर्माण गरेका हुन् ।

%d bloggers like this: