Tue. Mar 19th, 2024

shruti hasan
बलिउड अभिनेत्री श्रुति हसनलाई अदालतले चलचित्रमा अनुवन्धित हुन रोक लगाएको छ। अन्तिम समयमा चलचित्र छोडेर धोका दिएको भन्दै परेको मुद्दामा अदालतले अन्तरिम आदेश जारी गरेको हो। तमिल तथा तेलुगु भाषामा निर्माण हुन लागेको एक चलचित्रलाई अन्तिम समयमा छाडेपछि चलचित्र निर्माण कम्पनीले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै अदालतले उक्त आदेश जारी गरेको हो। अदालतले आफ्नो आदेशमा श्रुतिलाई उक्त चलचित्रको छाँयाकंन नसकेसम्म अन्य चलचित्रमा अनुवन्धित नहुन भनेको छ। उनका विरुद्द चलचित्र निर्माण कम्पनी ‘पिक्चर्स हाउस मिडिया’ले वन्जारा हिल्स प्रहरीमा उजुरी दिएको थियो। उजुरीमा कम्पनीले श्रृतिले चलचित्र खेल्ने सहमति जनाएर अन्तिम अवश्थामा ‘डेट नमिले’को भन्ने फिल्मी बाहाना बनाएर धोका दिएको जनाएको छ। श्रृति हसन बलिउडका चर्चित अभिनेता कमल हसन तथा अभिनेत्री सारिका हसनकी सुपुत्री हुन।

 

%d bloggers like this: