Sat. May 18th, 2024

प्रवासी नेपाली संघको आयोजनामा चलचित्र देउताको दिल्लीमा विशेष प्रदर्शन भब्यरुपमा सम्पन्न भएको छ । भारतका लागि नेपाली कार्यवाहक राजदूत कृष्णप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रवासी नेपाली संघका केन्द्रीय अध्यक्ष लोकनाथ भण्डारी, सल्लाकार टिकाराम पोखरेल, गोपाल थापालगायतका व्यक्तिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम निर्माता तथा निर्देशक रामभक्त श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

dauta

कार्यक्रमा चलचित्र देउताका कलाकारहरुसँगै पत्रकार सानुकाजी श्रेष्ठको पनि उपस्थिति थिए । भोजपुरी गायक श्याम मिश्रले पहिलो पटक नायकमा डेब्यु गरेको चलचित्र देउतामा अन्य कलाकारहरुमा पुस्कर राउत, मोहन के.सी., जोशना भट्ट, बालदिप राई, रामचन्द्र अधिकारी, मन्जु श्रेष्ठ, देशभक्त खनाल, राजेन्द्र वस्नेत, उमेश खड्का, पदम गाहा, सुरवीर पण्डित, आदिको मुख्यभूमिका रहको देउताका प्रस्तुतकर्ता पदम गाहा हुन भने निर्मातामा प्रेम विक, गगन रजाली रहेका छन् । देउतामा द्धन्द्ध हिमाल केसी, नृत्य दिनेश पाख्रिन र कविराज गहतराजको रहेको छ । देउताले दैविक शक्तिको महत्वबारे उजागर गर्नुका साथै समसामयिक प्रेमकथालाई पनि समेट्ने प्रयास गरेको चलचित्र देउता उत्तरगया फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको हो । रामभक्त श्रेष्ठले चलचित्रलाई निर्देशन गरेका हुन् ।

%d bloggers like this: