Mon. Apr 29th, 2024

विगत चार वर्षदेखि म्यूजिक खबर डटकमले आयोजना गर्दै आएको ‘म्यूजिक खबर म्यूजिक अवार्ड २०१५’ को चौथो संस्करणको आवेदन बिहीबारबाट खुला गरिएको आयोजक संस्था म्यूजिक खबर डटकमले प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएको छ । म्यूजिक खबर डटकमले विगत चार वर्षदेखि आधुनिक, लोक, चलचित्र, पप जस्ता गीतसंगीतको विधामा केन्द्रित रहेर विभिन्न ३२ विधामा अवार्ड प्रदान गर्दै आइरहेको छ । गीतसंगीतको क्षेत्रमा क्रियाशील रहेका स्रष्टाहरुलाई प्रोत्साहन एवं सम्मानका उद्देश्यले यो अवार्डको आयोजना गरिएको हो ।

music award

नेपाली गीतसंगीतको क्षेत्रमा दिनानुदिन नयाँ–नयाँ फड्को मार्ने काम तीब्र रुपमा अगाडि बढिरहेको छ । प्रत्येक वर्ष अंग्रेजी मिति अनुसार अवार्डको आयोजना गरिँदै आएको म्यूजिक अवार्डलाई यस वर्षबाट नेपाली मिति अनुसार यही चैत मसान्तसम्म बजारमा आएका गीत, संगीतलाई अवार्डमा सहभागी गराइने आयोजक सुमन वैरागीले बताए । उक्त अवार्ड कार्यक्रममा विगतको वर्षहरुमाझैं प्रतिभा प्रोत्साहन सम्मान, संगीत पत्रकारिता पुरस्कार लगायत विभिन्न सम्मानका साथमा मनोरञ्जनात्मक कार्यक्रम पनि प्रस्तुत गरिने अवार्डका अध्यक्ष सुमन बैरागीले जानकारी दिएका छन् ।

%d bloggers like this: