Sat. May 4th, 2024

०७२ सालको पहिलो महिना तिर नेपालमा प्रदर्शन आउने तयारी भइरहेको चलचित्र चकलेट २८ जुनमा हङकङ स्थित यौ मा तेइ कम्युनिटी हलमा प्रदर्शन हुने भएको छ । नेपालमा हालसम्म प्रदर्शन मिति तय नभइसकेको हुनाले चलचित्र चकलेट हङकङमा प्रदर्शन गर्न लागिएको निर्मात्री खुसि गुरुङले जानकारी दिइन । चलचित्र चकलेटलाई निर्मात्री गुरुङले हङकङमा देखाउने प्रबन्ध मिलाइकी हुन् । केहि बर्ष देखि हङकङमै बसोबास गरिरहेकी खुसिले चकलेट फिल्मबाटै नेपाली सिनेनगरीमा हात हालेकी हुन् ।

यो फिल्म तनहु समाज हङकङको सहयोगमा देखाउन लागिएको हो । चलचत्रिलाई खुसी गुरुङ, प्रतिमाया गुरुङ र केशब तामाङले पुजना फिल्म्स्को ब्यानरमा निर्माण भएको हो । जसमा आयुष्मान घिमिरे, अनुज शाक्य, पूजना स्त्री, नम्रता झा, केशव भट्टराई,सुमन गौरे लगायतका कलाकारहरुको मुख्य भुमिका चलचित्रमा रहेको छ । निर्मल शर्माले निर्देशन गरेको चलचित्र चकलेटमा पुजनाको मुख्य अभिनय रहेको छ । काठमाडौंको दरबार मार्ग क्षेत्रमा रहने बाल बालिकाहरुको जीवन कथा उठान गरेको चलचित्र पुर्ण रुपले सामाजिक कथामा तयार भएको नायिका तथा निर्मात्री पुजना स्त्रीले बताएकी छिन् ।

%d bloggers like this: