Thu. Mar 28th, 2024

गएको आइतबार मात्र भारतको बेंग्लोरमा करिब ३ हजार दर्शक माझ भब्य सांगीतिक कन्सर्ट दिएको नेपथ्य बान्डले यहि शनिबार अर्थात भोली नेपालगंजमा अर्को सांगीतिक प्रस्तुति दिने भएको छ । नेपालगंज स्थित चिसापानी मेडिकलको पाङ्ग्रणमा हुने कार्यक्रममा उक्त कलेजका बिधार्थीको साथ साथै देशका अन्य भू भागबाट पनि मेडिकलका बिधार्थीको सहभागिता रहने कार्यक्रम व्यबस्थापक नेपालयले जनाएको छ । नेपथ्य ब्याण्डले २००२ देखि ‘शान्तिको लागि शिक्षा’ अभियान अन्तर्गत नै विभिन्न ठाउँमा बिशेष गरि बिधार्थीहरु लाई लक्षित गरि आफ्नो सांगीतिक प्रस्तुति दिदै आएको छ ।

nepathya band

शनिबार हुने उक्त कार्यक्रममा नेपथ्यका मुख्य गायक अमृत गुरुङलाई किबोर्डमा सुरजकुमार थापा , ड्रमसेटमा ध्रुव, बेस गितारमा सुविन, लिड गितारमा निरज र मादलमा शान्तिले सघाउनेछन् । दुई घन्टाको कन्सर्टमा रेसम, छेक्यो छेक्यो, तालको पानी, जोगले हुन्छ भेटजस्ता नयाँ पुराना चर्चित गीतहरु नेपथ्य बान्डले प्रस्तुत गर्नेछ । आयोजक सस्थाले जानकारी दिए अनुसार उक्त कन्सर्टमा सहभागी हुन करिब ५ हजार भन्दा बढि दर्शक हुने छन् ।

%d bloggers like this: