Fri. Mar 29th, 2024

चैत २७ गतेदेशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र हवल्दार सुन्तलीको जम्बो टिम अब प्रचार प्रसारमा आक्रमक तरिकाले अगाडी बढ्ने भएको छ । बिहिबार निर्माता छबिराज ओझाले अब चलचित्र हवल्दार सुन्तलीको प्रचारमा व्यापक तरिकाले अगाडी बढ्ने जानकारी दिए । नायिका शिल्पा पोखरेल मंगलबार मात्र चलचित्र फागुको छायांकन सकेर राजधानी फर्केका कारण हवल्दार सुन्तलीको प्रचार प्रसार अब व्यापक तरिकाले अगाडी बढाउने निर्माता ओझाले बताए । त्यस्तैं नायिका शिल्पा पोखरेलले हवल्दार सुन्तलीको प्रसार प्रसारमा अब आफु तन मन लगाएर अगाडी बढ्ने बताइन । आफ्नो लागी हवल्दार सुन्तली विषेश भएका कारणले पनि हवल्दार सुन्तलीको प्रचारमा कुनै पनि कमी हुन नदिने उनले बताएकी छिन् ।

shilpa

हवल्दार सुन्तलीमा नायिका शिल्पा पोखरेल मुख्य भुमिकामा रहेकी छिन् । निर्माता छबिराज ओझाले नायकद्धय सविन श्रेष्ठ र किशोर खतिवडाभन्दा पनि शिल्पालाई चलचित्रमा मुख्यपात्रको रुपमा उभ्याएका छन् । निर्माता ओझालाई नायकबाट भन्दा पनि ठुलो आश नायिका पोखरेलबाट छ किनकी शिल्पाले अभिनय गरेको र छबिराज ओझाले निर्माण गरेको चलचित्र लज्जाले यसबर्ष राम्रो व्यापार गरेको थियो । यसकारणले पनि छबिराज ओझा शिल्पाप्रति केहि आशावादी देखिएका छन् । ऋषि लामिछानेले निर्देशन गरेको यो चलचित्रले एक वास्तविक घटनालाई बोलेको छ । चलचित्र अहिले गीतसंगीतका कारण चर्चामा छ । चलचित्रको ‘घन्टी बज्यो र तिम्रा डोला डोला हातमा’ बोलको गीत अहिले खुबै चर्चामा छन् ।

%d bloggers like this: