Tue. Jun 6th, 2023

resma sunwar
गायिका रेश्मा सुनुवार दाल–मान पुरस्कार प्रदान गरिएको छ । ‘मै ठूली भइछु रे’ गीतकी चर्चित गायिका रेश्मा सुनुवारलाई बिहिबार आपूर्तिमन्त्री सुनीलबहादुर थापाले २० हजार रुपैयाँ तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए । सुनुवार गीतसंगीतका क्षेत्रमा उनले पुर्या एको योगदानका आधारमा उनलाई यो पुरस्कार प्रदान गरिएको हो। पुरस्कार हात पारिसकेपछि उनले भनिन्, ‘आफ्नो मातृभाषाको एल्बम निकालेर पुरस्कार पाइन्छ भन्ने थाहा थिएन।’ पुरस्कारले आफूलाई सुनुवार भाषामा अझै बढी काम गर्न प्रेरित गरेको उनले बताइन्। सुनुवार भाषामा दुइटा एल्बम निकालिसकेकी रेश्माले २०७२ वैशाखमा नयाँ एल्बम ‘नमसेवल’ निकाल्ने तयारीमा छिन्। सुनुवार भाषामा संगीत, कला, साहित्य तथा अनुसन्धानमूलक कृतिको सिर्जना, विकास र प्रोत्साहनका लागि २०६३ सालमा दाल–मान अक्षयकोषको स्थापना भएको हो।

 

%d bloggers like this: