Tue. Apr 23rd, 2024

प्रदर्शनमा आउनुभन्दा अगाडी देखीनै विभिन्न कारणले चर्चा बटुलेको दुई नेपाली चलचित्र ‘भूलभुलैया’ र ‘षडङ्ग’ आजबाट अलनेपाल रिलिजमा उत्रिएका छन् । तीन पुस्ताको प्रेमकथालाई देखाउन खोजिएको चलचित्र ‘भूलभुलैया’लाई दिनेशकुमार पोखरेल, शुशिल कार्की, शुरेश गौतम र मणीराज कार्कीको लगानी रहेको छ । चलचित्रमा बसन्त सापकोटाको संगीत रहेको छ । चलचित्रमा जीवन लुइँटेल, नीता ढुंगाना र रोहित मानन्धर, मोहन निरौला र लक्ष्मी गिरीको अभिनय रहेको छ ।

bhool bhulaiya and sadsang

आरुस ईन्टटेनमेन्ट र वान टाईम सिनेमाको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई योगेश घिमिरेले निर्देशन गरेका हुन् । त्यस्तैं चलचित्र ‘भूलभुलैया’ सँग एकसाथ प्रदर्शनमा आएको अर्को चलचित्र ‘षडङ्ग’ले भने राजनितिक कथा वस्तु उठान गरेको छ । समिर सुनवारले निर्माण गरेको यस चलचित्रलाई सुरज सुनुवारले निर्देशन गरेका हुन् । चलचित्रमा विजय लामा, सौगात मल्ल, अनुप बराल, प्रियंका कार्की, सौरमराज तुलाधर, ए गुरुङ, नविन मानन्धरको साथमा विशेष भूमिकामा हर्षिका श्रेष्ठको अभिनय छ ।  चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, सुरेन्द्र डी कार्कीको संगीत, अष्ट महर्जनको एक्सन, गोविन्द राइको नृत्य निर्देशन छ ।

%d bloggers like this: