Thu. Mar 28th, 2024

केहि दिन अगाडी मात्र राजधानीमा एक कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा निर्माण घोषणा गरिएको चलचित्र स्काउटको छायांकन अन्तिम चरणमा पुगेको निर्माता मधुकुमार श्रेष्ठले जानकारी दिएका छन् । केहि दिन अगाडी देखी मकवानपुरको बज्रबाराहिमा छायांकन भएको चलचित्र स्काउटको हाल काठमाडौंका विभिन्न स्थानहरुमा छायांकन भइरहेको छ ।

scoout

केहि दिन भित्रमानै छायांकन सकेर सम्पादन कार्य सुरु गर्न लागेको निर्माणपक्षले ०७२ सालको सुरुवातमा नै चलचित्र प्रदर्शन गर्ने बताएको छ । चलचित्र स्काउटले स्काउट संस्थाको विषयमा कथा उठान गरेको छ । मधुकुमार श्रेष्ठको प्रस्तुती रहने यो चलचित्रमा केदार पराजुली र ईश्वर तिवारीको लगानी रहेको छ ।  चलचित्रलाई गोविन्द गौतमले निर्देशन गरिरहेका छन् । चलचित्रमा गरिमा पन्त, कुशल थापा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । फिल्मले वेडेन पावेलले स्थापना गरेको स्काउटको अनुशासन र यसको महत्वलाई प्राथमिकता दिएको छ ।

%d bloggers like this: