Thu. Apr 25th, 2024

भारत सरकारले चर्चित फिल्म अभिनेता तथा निर्माता शशि कपुरलाई दादा साहब फाल्के पुरस्कार दिने घोषणा गरेको छ । १९३८ मा भारतको कलकत्तामा जन्मिएका कपुरका ‘जब जब फूल खिले’, ‘आ गले लग जा’, ‘शर्मिली’, ‘दिवार’, ‘भी कभी’ लगायतका फिल्म चर्चित मानिन्छन् । शशिका बाबु पृथ्वीराज कपुर र दाजु राज कपुरले पनि यो पुरस्कार प्राप्त गरेका थिए । दिवार फिल्ममा शशिले बोलेको ‘मेरे पास मा हे’ भन्ने संवाद सबैभन्दा लोकप्रिय संवादमा पर्दछ ।

shashi-kapoor

यस फिल्ममा उनको साथमा अमिताभ बच्चन पनि खेलेका थिए । अभिनयका साथसाथमा उनले केही फिल्मको निर्माण पनि गरेका छन् जसमा जुनुन, कलियुग, उत्सव आदि रहेका छन् । शशिले भारत सरकार प्रति आभार व्यक्त समेत गरेका छन् । उनले आफ्नो योगदानको कदर गदैं पुरस्कार प्रदान गर्न लागेकोमा आफ्नो परिवार भारत सरकार प्रति नतमस्तक रहेको बताएका छन् । अहिले शशिको स्वास्थ्य अवस्था खासै राम्रो नभएको बताइएको छ ।

%d bloggers like this: