Thu. Mar 28th, 2024

ddlj

हिन्दि चलचित्र निर्माण कम्पनी रेड चिलीज इन्टरटेनमेन्ट्स प्रा.लि. र रोहित शेट्टी प्रोडक्शन्स को नयाँ फिल्म ‘दिलवाले’को शूटिङ मुम्बईमा शुरू भएको छ ।  यस फिल्मको पहिलो सर्ट वरुण धवन,जोनी लिवर लगायतका कलाकारहरुले दिएका छन् । शाहरुख खान र काजोलको मुख्य भुमिका रहने यस फिल्ममा कृति सेनन, वरुण धवन, वरुण शर्मा, बोमन ईरानी, विनोद खन्ना, कबीर बेदी, संजय मिश्रा, जोनी लिवर, चेतना पाण्डे, मुकेश तिवारी र मुरली शर्मा लगायतका कलाकारहरु मुख्य भुमिकामा रहेका छन् ।

delwali

साहरुख खानको रेड चिल्ली इन्टरटेन्मेन्ट र रोहित सेट्टी प्रोडक्शनको संयुक्त लगानीमा यो चलचित्र बन्न लागेको हो ।  बलिउड फिल्ममा सफल जोडीको रुपमा स्थापित शाहरुख खान र काजोल लामो समयपछि बलिउडको पर्दामा देखिन लागेका हुन् । शाहरुख खान र काजोलले यसभन्दा अघि बाजिगर,करण अर्जुन,दिलवाले दुल्हनिया ले जायंगे,कुछ कुछ होता हे,कभी खुशी कभी गम,माई नेम इज खान जस्ता सफल चलचित्र दिएका छन् । फिल्म ‘दिलवाले’लाई क्रिसमसमा रिलिज गरिने छ ।

%d bloggers like this: