Mon. Apr 29th, 2024

हलिया मुक्तिको घोषणा भएको बषौं भएपनि अहिलेसम्म सिरहा र सप्तरीका हरुवा चरुवाहरुले मुक्ति पाउन भने सकेका छैनन् । हलिया मुक्तिको घोषणा भएपनि बाच्नका लागि अझै गार्हो खेप्दैं आएका सप्तरी,सिराहा,धनुषा लगायतका स्थानमा बसोबास गर्ने हरूवा चरूवा मुक्ती अभियानमा कलाकार तथा निर्देशक मोहन निरौंला अघि बढेका छन् ।

mohan niraula

केहि समय देखी सप्तरी,सिराहा,धनुषा लगायतका ठाउँहरुमा कलाकार निरौंलाले हलियाहरुसँग अन्तरक्रिया तथा उनीहरुको सुखदुख बाढ्ने,सुन्ने काममा काम गरेका छन् । अझै पनि जमिन्दारकोमा सस्तो ज्यालामा काम गर्ने सिरहा र सप्तरीका हरूवा–चरूवालाई सरकारले केहि पनि वास्ता नगरेको गुनासो अत्याधिक रहेको कलाकार निरौलाले बताए । काम पनि नपाईने र ऋण बन्धनमा पारिएकाले व्याज वापत जमिनदारको जग्गामा हलो जोत्ने लगायत अन्य खेती र घरायसी काम गर्नु पर्ने बाध्यता अझैपनि हरूवा–चरूवालाई रहेको कलाकार निरौला बताउँछन् । सरकारले मध्यपश्चिमका कमैयालाई ०५७ सालमा मुक्त घोषित गरी पुर्नस्थापना थाल्यो ।

mohan niraula

०६५ सालमा सुदुरपश्चिमका हलिया मुक्तिको घोषणा भयो । तर पूर्वि तराईका हरूवा–चरूवाहरूलाई कसैले हेरेन । बिहानै उठेर ‘मालिक’ को मा जाने, गाईभैंसीलाई खोले वा पराल खुवाउने, पानी भर्ने, जोत्न जाने काम अझै पनि सिरहा र सप्तरीका हरुवा चरुवाले गर्ने गरेका छन् । कलाकार निरौला अगाडी भन्छन् -‘खेतमा हलो जोत्ने बाहेक जमिनदारको घर फर्किएपछि अन्य घरायसी काम गर्नुपर्ने बाध्यता अझैपनि हरूवा–चरूवालाई रहेको छ ।’ हाल कलाकार मोहन निरौला निर्देशित चलचित्र जन्मभूमी बैशाख ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

%d bloggers like this: