Wed. May 1st, 2024

fagu-shilpa2

करिब एक महिना लामो छायांकन पश्चात नायिका करिश्मा मानन्धरले निर्माण गरेको चलचित्र फागुको सम्पुर्ण छायांकन सकिएको छ । नायिका करिश्मा मानन्धरले १२ बर्षपछि निर्माण गरेको चलचित्र फागुको मंगलबार विरगंजबाट छायांकन सकिएको हो । चलचित्रको अन्तिम सर्ट कोशी ब्यारेकमा भएको थियो । चलचित्रको जम्बो यूनिट मंगलबार बेलुकानै राजधानी फर्किएको बताइएको छ ।

fagu

चलचित्रमा गौरी मल्ल, बसन्त भट्ट, राजेश हमाल, शिल्पा पोख्रेलको साथमा नव कलाकार सुवास पराजुलीको मुख्य भूमिका रहेको छ भने यस चलचित्रलाई संझना रौनियारले निर्देशन गरेकी छिन् ।

fagu-shilpa

त्यस्तैं चलचित्र फागुमा हिमाल केसीको एक्सन, बोनिष शाहको सम्पादन, कमल राइको नृत्य निर्देशन, रामशरण उप्रेतीको छायांकन रहेको छ । यसअघि चलचित्र ‘कस्तुरी, ढुकढुकी र बाबुसाहेब’ बनाएका करिश्मा र बिनोदले ‘फागु’बाट ठूलो आश राखेकी छिन् ।

%d bloggers like this: