Fri. Apr 26th, 2024

प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आवेग’का निर्देशक बसन्त निरौला र अभिनेत्री पवित्रा आचार्य ‘पाथिभरा’ मन्दिरको दर्शन गरेर फर्केका छन् । चलचित्र सफलताको कामना गर्दै धेरै नेपालीहरुले मान्दै र विश्वास बोक्दै आएको मन्दिर पाथिभरा पुगेको निर्दशक निरौलाले बताए । मन्दिर दर्शनसँगै ‘आवेग’को तथा निर्देशनको तायरीमा रहेको अर्को नयाँ चलचित्रको सफलताको लागी पाथिभरा माईसँग आशिर्वाद लिएर फर्केको निरौलाले बताए । जहाँ पुग्नको लागी उनीहरु झण्डै आठ घण्टाको पैदल यात्रा पार गरेका थिए ।
aabeg
जुन बाटोमा हिउँ तथा पहरा र लहरासँग जुहारी खेल्दै अघी बढ्नुपर्ने हुन्छ । निर्देशक निरौला तथा अभिनेत्री पवित्रा स्थानिय टोलीसँग पाथिभरा पुगेका थिए । पुर्वी नेपालमा रहेको यो मन्दिर हिन्दुहरुको आस्थाको धरोहर मानिन्छ । ‘आवेग’मा आर्यन सिग्देल, ध्रुवदत्त, पवित्रा आचार्य, अर्चना देलाला लगाएतका कलाकारहरु लिड रोलमा छन् । यो चलचित्र नयाँ बर्षसँगै जेठमा रिलिजको तयारी भईरहेको बताईएको छ । गत फागुन ८ मा रिलिज मिति तय गरिएपनि पोष्टको काम नसकिएपछी चलचित्र रिलिज पोष्टपोण्ड भएको थियो ।

%d bloggers like this: