Thu. May 2nd, 2024

नेपालीपन बोकेको नेपाली फिल्म ‘उहिले बाजेको पालामा’को सोमबार धरानको गणेश टाँकिज हलमा विशेष प्रदर्शन सोमबार गरिएको छ । असहाय ज्येष्ठनागरिकहरुको सहयोगार्थ फिल्मको विशेष प्रदर्शनी गरिएको हो। फिल्ममा दुई फरक स्थानबीचमा भएको द्धन्द्धलाई देखाउने प्रयास गरिएको छ। फिल्मले उहिले बाजेहरुको पालामा हुने घटनाको दृष्टान्त देखाउने प्रयास गरेको छ।

तर, मौलिकता र भेषभूषामा निर्देशकले ध्यान नदिँदा फिल्म जिवन्त नभएको दर्शकहरुले प्रतिक्रिया दिए। बसन्त घर्तीमगरको निर्देशनमा बसनेको फिल्ममा दिलिप रायमाझीमात्रै पूराना र स्थापित कलाकारको अभियन देख्न सकिन्छ भने अधिकांस डेब्यु अनुहारहरु फिल्ममा देख्न सकिन्छ। धरानको गरिमा डान्स सेन्टरले विशेष प्रदर्शनी राखेको हो।

%d bloggers like this: