Sat. Apr 20th, 2024

सोमबारबाट छायांकन सुरु भएको चलचित्र ठमेल डटकमको फष्टलुक पोष्टर रिलिज गरिएको छ । सार्वजनिक भएको पोष्टरमा कलाकारहरु अनुप विक्रम शाही, प्रमोद अग्रहरी, नरेन खड्का र नीता पोखरेललाई फिचर गरिएको छ । पोष्टरमा देखिएका कलाकारहरु देख्दा चलचित्र एक्शन प्रधान रहने अनुमान लगाउन सकिन्छ । प्रिवार, तिल्लहरी, ट्रक ड्राईभर, लक्ष्मीपुजा जस्ता सफल चलचित्र निर्देशन गरिसकेका अनुभवी निर्देशक राजकुमार शर्माको निर्देशन रहेको यस चलचित्रमा उद्धव पौडेलले चलचित्रमा लगानी गरेका छन् ।

thamelठमेलको परिवेशमा तीन यूवा र एक युवतीबीचको प्रेम, रोमान्स तथा संस्पेन्स विषय वस्तुमा निर्माण हुन लागेको चलचित्र ठमेल डटकममा डटकममा राजेश पायल राई, माण्डवी त्रिपाठी, प्रल्हाद तिमिल्सिना देखि ख्यातीप्राप्त पप गायक अनिल सिंहले पनि पाश्र्व गायन,एन.बि.महर्जनको द्धन्द्ध निर्देशन,दयाराम पाण्डेको शब्द रचना,वसन्त सापकोटा र अर्जुन पोखरेलको संगीत,ब्रजेश खनालको पटकथा तथा सम्बाद रहने चलचित्रलाई राजु विक्रम थापाले खिच्दैंछन् । कविराज गहतराज र गोविन्द राईको कोरियोग्राफी रहने चलचित्रको काठमाण्डौं, दोलखा चरिकोट लागयतका स्थानमा हुनेछ । गोपीकृष्ण मुभिजले २०१५ भित्र सातवटा चलचित्र निर्माण घोषणा गरे मध्य यो दोस्रो चलचित्र हो । यस अघि निर्माण शुरु भएको चलचित्र होमर्वकको हाल सम्पादन कार्य भई रहेको छ ।

%d bloggers like this: