Sun. May 5th, 2024

छायांकन सकाएर हाल सम्पादनमा रहेको चलचित्र ‘रातो घर’ यूनिटले कलाकार तथा प्राविभकहरुलाई फेसबुक तथा सामाजिक सञ्जालमा चलचित्रका कुनै पनि तस्विर पोष्ट गर्न नपाइने सम्झौता गराएको छ । चलचित्रको छायांकन सुरु हुनु भन्दा अगाडी कलाकारहरु र प्राविधिकहरुसँग तस्बिर शेयरको विषयमा छुट्टै सम्झौता गराएको निर्देशक सुरज सुब्बा ‘नाल्बो’ले जानकारी दिए ।

rato-ghar

फिल्मलाई रिलिज मितिसम्म ताजा राख्नका लागी यस्तो सम्झौता गरिएको निर्देशक सुब्बाले बतए । फिल्मप्रति दर्शकको उत्सुकता बढानउनका लागी निर्माणपक्षले यस्तो गरेको हो । माङ हिम फिल्मस् र तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा विल्सन विक्रम राई (तक्मे बुढा)को मुख्य भुमिका रहेको छ ।  ‘रातो घर’मा  गौरव पहाडी, संयम पुरी, माला लिम्बु, जितेन तामाङ, बिकेश श्रेष्ठ, मेनुका प्रधान, उपासना लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ । सुरज सुब्बा नाल्बोको लेखन र निर्देशन रहेको यस चलचित्रको दृष्य हरी लामाले खिचेका छन् ।

%d bloggers like this: