Fri. Apr 26th, 2024

लघुचलचित्र ‘मधुमालतीको कथा’ मस्कोमा हुने फिल्म फेटिवलका लागि छनोट भएको छ । यो लघुचलचित्र रुसको राजधानी मस्कोमा हुने ‘डिटेकटीभ फेष्ट फिल्म फेस्टिभल–२०१५’ लागि छनोट भएको हो । मस्कोमा अप्रिल १५ देखि अप्रिल १९ सम्म यो फेस्टिभल चल्ने छ । यथार्थ तथा प्रगतीवादी कथाकार रमेश विकलको कथामा आधारित ‘मधुमालतीको कथा’ बालमनोविज्ञानमा आधारित रहेको छ ।
Madhu-Malati-1024x756
हेलो नेपाल फिल्मस् प्रालिको प्रस्तुत रहेको यस लघुचलचित्रमा मदनदास श्रेष्ठ, विष्णुभक्त फुँयाल, मञ्जु श्रेष्ठ, सविता गुरुङ, जिके शर्मा, ध्रुव राई, भरत सिटौला, योगरत्न बज्रचार्यका साथै बालकलाकारमा सन्तोष पोखरेल र आयुषा सुवेदीको मुख्य अभिनय छ । श्याम रायमाझीको छायांकन, विरेन्द्र भाट ‘विपिन’को सम्पादन रहेको यस लघुचलचित्रलाई सुभाष गजुरेलले निर्देशन गरेका हुन् भने निर्माण विनय पोखरेल, विश्वराम विष्ठ र धर्मराज पोखरेलले गरेका हुन । मस्कोमा उक्त, लघुचलचित्र टिभी सिरिज विधामा परेको यसका निर्देशक शुभाष गजुरेलले बताए ।

%d bloggers like this: