Sat. Apr 20th, 2024

नेपालमा दैनिक जसो घटिरहने बलत्कार र महिला हिंसा जस्तो जघन्य अपराधको विरुद्धमा नायिका प्रियंका कार्कीले आफ्नो आवाज वुलन्ध बनाउने भएकी छिन् । सेलिवे्रटीहरुको आवाजले समाजमा ठुलो प्रभाव पार्ने गरेको देखिन्छ त्यसैले पनि प्रियंका कार्कीले पनि यस विरुद्धमा आफ्नो आवाजलाई वुलन्ध बनाउने भएकी छिन् ।

prinkya

प्रियंकाले शनिबारबाट महिला हिंसाबिरुद्ध अभियान थालेकी छिन । यसकार्यमा उनले टिएनएम म्यागजिनसंग सहकार्य गरेकी छिन । टिएनएम म्यागजिनको पहिलो संस्करणको कभर गर्ल बनेकी प्रियंकाले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै महिला हिंसाबिरुद्धको अभियानमा लाग्ने घोषणा गरेकी हुन् । यस बारे प्रियंका भन्छिन ‘हामिले सकेको गर्ने हो , हाम्रो अन्य खबर जसरी मिडियाले जन मानसमा पुर्याई दिनु हुन्छ यस्ता क्रियाकलापको लागि झनै आग्रह गर्छौ हामि ।’

%d bloggers like this: