Sat. Apr 27th, 2024

आजबाट देशभर प्रदर्शनमा हरर नेपाली फिल्म ‘माला’ सोलो रिलिजमा आएको छ । शिशिर राणाको निर्माण तथा सुदीप भूपाल सिंह बब्बीको लेखन र निर्देशनमा तयार भएको चलचित्रमा आर्यन र प्रियंकाको साथमा सुमिना घिमिरे, प्रज्ज्वलसुजल गिरी, लुनिभा तुलाधर, शम्भु थापालगायतका कलाकारको अभिनय रहेको छ। नक्षत्र फिल्मस्को ब्यानरमा तयार भएको यो चलचित्रलाई सस्पेन्स थ्रिलर भनिएको छ । चलचित्रमा प्रमोद कार्कीको छायांकन, किशोर कार्की र बनिष विक्रम शाहको सम्पादन रहेको छ । चलचित्रमा नायिका प्रियंका कार्कीलाई डरलाग्दो अवतारमा देखाएकी छिन् ।

%d bloggers like this: