Thu. Apr 25th, 2024

नयां बर्ष ०७२ संगै सुटिङ सुरु हुने फिल्म ‘लालजोडी’को अर्को नयाँ गीतको रेकर्ड गरिएको छ । दुःखले म मातेको छु बोलको गीतमा गायक युवराज चौलागाईंले स्वर दिएका छन् । धोबिधारास्थित म्युजीसियन रेकर्डीङ स्टुडियो गरिएको गीत रेकर्डमा निर्देशक लक्ष्मण सुवेदीको शब्द तथा चर्चित आधुनीक तथा लोक संगीतका संगीतकार सन्तोष श्रेष्ठले संगीत दिएका थिए ।

yubraj-chaulagain-fb

गीत रेकर्ड सम्पन्न भएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गदैं निर्देशक सुवेदीले गीतलाई यूवराजले निकै मेहेनत गरेर आवाज दिएको भन्दैं संगीतकार सन्तोष श्रेष्ठको पनि निर्देशक सुवेदीले तारिफ गरे ।  हाल रेकर्ड गराइएको गीतबाट निर्देशक तथा निर्माता सुवेदी निकै आशावादी देखिएका छन् । यस भन्दा अगाडी यस फिल्मको  ‘क्या ब्युटी भा’की छौ’ बोलको गीतको रेकर्डीङ गराइएको थियो । उक्त गीतमा गीतमा राजेशपायल राई र मनिषा पोखरेलको स्वर रहेको थियो ।

%d bloggers like this: