Fri. Apr 26th, 2024

रेसम फिरिरी…’,’तालको पानी…’,’भेडाको उन जस्तो…’,’जोगले हुन्छ भेट…’ जस्ता वहुचर्चित गीत पस्केर लाखौं श्रोताको ढुकढुकी बनेको नेपथ्य ब्यान्डले भारतको बैंग्लोर तताउने भएको छ । चितवन पेन्ट बल, नेपालीपन डटकम, रक एन रोल्ला र टिएसएन ईभेन्टको सहकार्यमा आयोजनमा हुन लागेको भब्य सांगीतिक कार्यक्रममा नेपथ्य ब्यान्डले हंगामा गर्न लागेको हो । नेपाली संगीत क्षेत्रमा निकै लोकप्रिय नेपथ्यलाई बियोन क्रियसनले बैंग्लोर तताउने साइत जुराएको हो ।

nepathaya

अध्ययनसँगै रोजगारीको कारण बनाएर भारतको बैंग्लोर बसेका नेपालीहरुको सांगितीक तृष्णा मेटाउन हेमन्त ऋतुको मध्यतिर नेपथ्यलाई झिकाईएको आयोजक संस्था बियोन क्रियसनका प्रमुख असिम गिरीले जानकारी दिए । लामो समयदेखी नेपथ्य ब्यान्डलाई बेंग्लोर ल्याउने तयारी भएपनि विभिन्न कारणले नेपथ्य ब्यान्ड बेंग्लोर आउन नसकेको पनि अध्यक्ष गिरीले जानकारी दिए । गत अगस्टमा दोहामा कन्सर्ट गरेपछि केही महिना नेपथ्यले सांगीतिक यात्राबाट विश्राम लिएको थियो। यसबीचमा नेपथ्यले नयाँ एल्बमको तयारी गरेको छ। नयाँ एल्बमका लागि रेकर्डिङ सकिइसकेको र चाँडै नै श्रोतामाझ आउने उनले जानकारी दिए। अमृत गुरुङको नेतृत्वमा शुक्रबार ११ जनाको टोली कन्सर्टका लागि त्यसतर्फ प्रस्थान गर्दैछ।  बैंगलोर प्रस्तुतिको एक सातापछि नेपालगन्ज मेडिकल कलेजमा नेपथ्यको कन्सर्ट आयोजना हुने भएको छ।

%d bloggers like this: