Fri. Apr 26th, 2024

प्रदिप उदयको निर्माणमा राजु शाहले निर्देशन गर्दै गरेको फिल्म ‘नमस्ते नेपाल’को प्रोमो रिलिज गरिएको छ । दुई मिनेट ४८ सेकेण्ड लामो सार्वजनिक सांगीतिक प्रोमोले फिल्म हेर्न दर्शक हलसम्म केहि मात्रामा भएपनि बढ्ने निर्माणपक्षको विश्वास बोकेको छ । बेल्जियम, फ्रान्स, जर्मन तथा युरोपका विभिन्न देशहरुमा छायांकन गरिएको यस फिल्ममा सविन श्रेष्ठ र गोपाल ढकाल सहित आना, श्याम श्रेष्ठ, अडी, जर्ज लगायतले अभिनय रहेको छ ।

Namaste Nepal (3)

निर्माणमा ७५ लाख खर्च भएको यो फिल्ममा प्रदिपसँगै श्रीजु शाह र मन्दिरा श्रेष्ठको लगानी छ । फिल्ममा वसन्त सापकोटा र ओम सुनारको संगीत, चन्द्र पन्तको एक्सन, राजु शाह र चरन प्रधानको नृत्य निर्देशन छ । साउन १ गतेबाट नेपाल प्रदर्शनमा आउन लागेको यस फिल्म नेपालसगैं विदेशका विभिन्न मुलुकहरुमा पनि एकसाथ प्रदर्शनमा आउने बताइएको छ ।

%d bloggers like this: