Thu. Mar 28th, 2024

बलिउडमा सीरियल किसर नामबाट परिचित बलिउड अभिनेता इमरान हाशमीको नयाँ फिल्म मिस्टर एक्सको फष्टलुक पोष्टर रिलिज भएको छ । यस फिल्ममा इमरान हाशमी पाकिस्तानी एक्ट्रेस अमायरा दस्तूरको साथमा देखिदैं छन् । फिलहाल विक्रम भट्ट निर्देशित फिल्म ‘मिस्टर एक्स’ १७ अप्रिलको प्रदर्शनमा आउन लागेको छ ।

mr.x

यस फिल्मको गीत ‘तू जो है’ र ‘ट्रेलर’ यस भन्दा अगाडी नै सार्वजनिक भएको थियो तर फिल्मको फष्टलुक मंगरबार मात्र निर्माणपक्षले सार्वजनिक गरेको हो । सार्वजनिक फष्टलुकमा इमरान दुवै हातमा बन्दुक बोकेर धमकेदार दृश्यमा देखिएका छन् । मर्डर,गैंगस्टर,जन्नत,द डर्टी पिक्चर,सरीखी लगायतका चलचित्रमा अभिनय गरिसकेका इमरानलाई यस फिल्मको ट्रेलर रिलिज भएसगैं उत्कृष्ट प्रतिक्रिया मिल्दैं आएको छ । विशेष फिल्म्स द्वारा निर्मित यस फिल्ममा इमरान,अमायरा दस्तूर,अरुणोदय सिंह र नोरा फतेहीको मुख्य भुमिका रहेको छ ।

%d bloggers like this: