Tue. Apr 23rd, 2024

बैशाख २५ गते देखी अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘होस्टेल रिटर्न्स’ले चलचित्रको प्रचार प्रसारमा फेरी अर्को रणनिती अगाडी सारेको छ । जस अनुरुप चलचित्र यूनिटले ‘शिक्षाको लागी होस्टेल रिटर्न्स’को घोषणा गरेको हो । अब यस नयाँ योजनाबाट दुर्गम गाँउमा पठ्ने विद्यार्थीहरुलाई छात्रवृति र शैक्षिक सामाग्री वितरण गरिने निर्माण कम्पनी दुर्गिस फिल्मस्ले जानकारी दियो ।

tel

शिक्षाको लागी होस्टेल रिटर्न्स’को नयाँ योजनाबाट दुर्गमगाँउका विद्यार्थीलाई केहि हदसम्म भएपनि फाइदा पुग्ने निर्माता सुनिल रावलको कथन छ । दुर्गिस फिल्म्सको ब्यानरमा बनेको यो तेस्रो चलचित्र हो। यो ब्यानरबाट बनेका यसअघिका चलचित्र होस्टेल र सायद दुवै सफल चलचित्र हुन्। चलचित्रमा सुशील श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, स्वस्तिमा खड्कालगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । चलचित्र ‘होस्टेल रिटर्न्स लाई सुरज भुषालले निर्देशन गरेका हुन् ।

%d bloggers like this: