Fri. Apr 19th, 2024

वरिष्ठ संगीतकार अम्बर गुरुङ स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट घर फर्किएका छन् । राष्ट्रिय गीतमा समेत संगीत दिएका गुरुङ संगीत तथा नाट्य कला प्रतिष्ठानका उपकुलपति समेत हन । संगीतकार गुरुङ स्वास्थ्यमा समस्या देखिएपछि गएको एक महिनादेखि काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो ।

gurung

आजमात्र उनलाई अस्पतालले डिस्चार्ज गरेको हो । गएको फागुन ७ गते घरमा लडेर अचेत भएपछि संगीतकार गुरुङलाई तत्काल अस्पताल लगिएको थियो । संगीतकार गुरुङको स्वास्थ्यमा सुधार आएपछि सोमबार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । संगीतकार गुरुङ केही वर्षदेखि पार्किन्सन्स र मधुमेहबाट पीडित थिए । सरकारले उनको उपचारमा लाग्ने सम्पुर्ण रकम व्यहोरेको छ ।

%d bloggers like this: