Fri. Apr 26th, 2024

चैत २७ गते देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र हवल्दार सुन्तलीको अर्को नयाँ गीत सार्वजनिक भएको छ । ‘चि मुसी चि’ बोलको गीतमा सहिमा श्रेष्ठ र सम्राज्ञी मल्लको आवाज रहेको छ भने दिपक शर्माको संगीत, लेखु सहयात्रीको शब्द रहेको छ । सार्वजनिक गीतमा नायिका शिल्पालाई बालबालिकाहरुसँग खेल्दै गरेको देख्न सकिन्छ । गीतमा बालबालिकाको दुखलाई मर्मस्पर्शी तरिकाले प्रस्तुत गरिएको छ ।

hawoldar

लज्जाकी हिरोइन शिल्पा पोखरेलको मुख्य भूमिकामा रहेको हवल्दार सुन्तली यथार्थ घटनामा बनाईएको फिल्म हो । आफ्नै सहकर्मीबाट बलकृत भएकी प्रहरी हवल्दार सुन्तली धामी माथिको सत्य घटनामा बनेको यो फिल्ममा किशोर खतिवडा सहित सविन श्रेष्ठ मुख्य भूमिकामा छन् । चलचित्रका कार्यकारी निर्माता छविराज ओझा हुन् भने ऋषि लामिछानेले निर्देशन गरेका हुन् ।

%d bloggers like this: