Thu. Apr 25th, 2024

 
लामो समय चलचित्रमा साहायक निर्देशनको काम गरेका निर्देशक कृष्ण पौडेललाई आफुले निर्देशन गरेको डेव्यू चलचित्र ‘धुन’ प्रदर्शनमा नआउदैं अर्को चलचित्रमा निर्देशनको अवसर मिलेको छ । पौडेलले निर्देशन गर्न लागेको दोश्रो चलचित्र ‘सत्या’ (लेडिज एक्शन)को आईतवार राजधानीको एक स्टुडियोबाट सांगितिक कार्य सुभारम्भ गरियो ।
satya
चलचित्रमा रंग पत्रकार रघुनाथ सापकोटा तथा अर्का एक एनआरएनको लगानी रहने छ यद्धपी एनआरएनको नाम भने खुलाईएको छैन् । चलचित्रमा अभिनेता जीवन लुईंटेल र बर्षा शिवाकोटीको अभिनय रहने करिब फाईनल भएपनि अमेरिकामा रहेका कारण जीवनसँग ‘एग्रिमेन्ट’ हुन बाँकी रहेको निर्माण युनिटले बताएको छ । म्युजिकल सुभ साईत कार्यक्रममा निर्देशक ऋषी लामिछानेले नरिवल फोरेका थिए । निर्देशन पौडेलले नयाँ प्रोजेक्टको घोषणा गर्दै भने, ‘ पहिलो चलचित्र रिलिज अगाबै पनि मेरो आजसम्मको काम हेरेर नै निर्माताहरुले पत्याउनु भएको हो, आजसम्मको अनुभवलाई प्रयोग गरेर राम्रो चलचित्र दर्शकलाई पस्किन कुनै कसुर बाँकी राख्ने छैन् ।’ चलचित्र नारी प्रधान बन्ने उनले बताए । त्यस्तै सञ्चारकर्ममा लागिरहेका सापकोटाले ठुलोपर्दाको चलचित्र निर्माणमा पहिलोपटक हात हालेका हुन् । यो चलचित्र ‘तारा सितारा प्रोडक्शन’ तथा ‘सेलिब्रेटी नेपाल प्रोडक्शन’को ज्वाईन भेन्चरमा निर्माण हुनेछ ।
satya 2
चलचित्रको छायाँकन नयाँ बर्षको सुभारम्भसँगै हुने बताईएको छ । कृष्ण आचार्यको कथा रहने यो चलचित्रमा संगीत विकास चौधरीको रहने छ भने चलचित्रमा समावेश गीतमा स्वर राजेशपायल राईले दिनेछन् । ४० लाख बजेट भनिएको ‘सत्या’मा काठमाडौं तथा पोखराका मनोरम दृश्यहरु समावेश हुनेछन् । यो चलचित्रमा समावेश हुने ‘मन पर्यो मलाई’ बोलको गीतको सोमबार गायक राजेशपायलले रेकर्ड गर्नेछन् । आईतबार नै गीत रेकर्ड गर्ने भनिएपनि गायक उपत्यका बाहिर रहेकोले यो काम सोमबारलाई सरेको छ ।

%d bloggers like this: