Thu. Mar 28th, 2024

चलचित्र ‘सेफ ल्याण्डिङ’को छायांकनको बेला देखी सोहि चलचित्रका सह निर्माता राहुल अग्रवालको प्रेम सम्बन्धमा परेकी नायिका झरना बज्रचार्य बिबाह बन्धनमा बाधिएकी छिन् । राहुलसँगको करिब २ बर्षदेखिको प्रेमसम्बन्धलाई झरनाले बैबाहिक जीवनमा परिणत गरेकी छिन् । बिहिबार काठमाडौंको सितापाइलामा बिह गरेका उनीहरुको बिहेमा झरना र राहुलका नजिकका आफन्त मात्र सहभागी थिए ।

gharana-and-rahul

जसका कारण पनि बिहेको खबर केही दिनमा मात्र बाहिर आएको छ । बिहे पश्चात उनीहरु काठमाण्डौको सोल्टी होटलमा पार्टीका लागि पुगेका थिए । चलचित्र ‘सेफ ल्याण्डिङ’का सह निर्माता समेत राहुल मलेसियामा व्यवसाय गर्दै आएका छन् । उनी मलेसियाका धनाढ्यमा पनि पर्छन् । केहि समय अगाडी अष्ट्रेलियामा चलचित्र ‘सेफ ल्याण्डिङ’को प्रिमियरमा झरना र राहुलको प्रेम खुलासा भएको थियो ।

jharana-bajracharya-bihe-1

झरना प्रिमियरका लागि नेपालबाट मलेसिया पुगेर त्यहाँबाट अष्ट्रेलिया गएकी थिइन् । अष्ट्रेलियामा पनि झरना र राहुल एकसाथ बसेका थिए । झरना राहुलको प्रेममा परेपछि कैयौपटक मलेसिया जाने आउने पनि गरेकी छिन् । एक विदेशी नागरिकसँग इन्गेजमेन्ट गरेर पनि तोडेकी झरनाको राहुलसँगको सम्बन्ध सफल रहोस हाम्रो फर्तबाट पनि शुभकामना ।

%d bloggers like this: