Sat. Apr 20th, 2024

हलिउड नायिकाहरु बेला बेलामा चर्चा र विवादमा आउन सायद अरु भन्दा बढि नै अगाडी हुन्छन् । त्यहि भिडकी एक हलिउड नायिका हुन् जेनीफर लोपेज,उनी बेला बखतमा आफ्ना विभिन्न हर्कतहरुका कारण चर्चा र विवादमा छाइरहन्छिन् । त्यहि क्रममा फेरी उनी एक कारणले चर्चामा छिन् । उनले अब आफ्नो सुन्दरता कायम राख्न करिब २५ लाख खर्च गर्ने भएकी छिन् ।

la-et-ms-jennifer-lopez-aka-20140615

आफ्नो ढँल्कदो उमेरलाई ध्यानमा राख्दै जेनीफरले नन सर्जिकल फेसलिफ्ट ट्रिटमेन्ट ‘सिएसिआइ’ गरिरहेकी छिन। ४५ वर्षीय जेनीफरले आफ्नो अनुहारको चाउरीपनालाई हटाउन २५ लाख रुपयाँ खर्च गर्नेछिन। जेनिफरले गरिरहेको यस उपचार पद्दति एकप्रकारको फेसियल मशल्सको वर्कआउट हो। यस अघि थुप्रै हलिउड कलाकारहरुले आफ्नो चाउरीपना हटाउन यसको साहार लिइसकेका छन।

%d bloggers like this: