Wed. Apr 24th, 2024

karina

यूवापुस्ता माझ सफल गायिकाको रुपमा आफुलाई स्थापित गराउदैं गएकी गायिका देविका बन्दनाको आवाजमा सजिएको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । राष्ट्रकवि माधव प्रसाद घिमिरेका शब्द सृजनामा राजु सिहंले संगीत भरेको ‘हिउँमा छर्केको’ बोलको गीत ‘मन चंगा भो’ एल्बममा समावेश छ । बिजेश पौडेलले निर्देशन गरेको भिडियोमा करीना भट्टराईले अभिनय गरेकी छिन् । प्रमोद कार्कीले छायांकन तथा भरत रेग्मीले सम्पादन गरेको भिडियोलाई मन्त्र दिब्या इन्टरटेनमेन्टले निर्माण गरेको हो । भिडियोमा अभिनय गरेकी करीना भट्टराईलाई कोरियोगा्रफर रोमी खड्कीले गीतको भाव अनुसार नचाउँन सफल भएका छन् ।

%d bloggers like this: