Thu. Apr 25th, 2024

चैत २० गते देशव्यापी रिलिजको तयारीमा रहेको चलचित्र ‘साइकल’ को नयाँ गीत सार्वजनिक गरिएको छ ।  ‘म क्षितिज भए तिमी बादल’ बोलको गीत सार्वजनिक गीतमा शंकर अधिकारी ‘घायल’ को शब्दमा राजेन्द्र श्रेष्ठले संगीत भरेका छन् भने शम्भु रैकाले आवाज दिएका छन् । गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । गीतमा हर्षिका श्रेष्ठ र विक्की मल्ललाई मुख्य फिचरिङ गरिएको छ । संगीतकार राजेन्द्र श्रेष्ठद्वारा पहिलोपटक निर्मित फिल्म ‘साइकल’मा बिक्की मल्ल, हर्षिका श्रेष्ठ, दिनेश डिसी, रामचन्द्र अधिकारी, विजय देउजा, रश्मी भट्ट, टेकबहादुर केसी, आनन्द पुन, रोशन श्रेष्ठले अभिनय गरेका छन् भने विश्व साइकल यात्री पुष्कर शाह र गायक राजेशपायल राई विशेष भूमिका प्रस्तुत छन् ।

harshika

फिल्ममा एउटा गरिब तर जेहेन्दार विद्यार्थीको संघर्ष तथा एउटी सम्पन्न युवतीको अहमताबिचको द्वन्द्वात्मक कथा प्रस्तुत गरिएको छ । टप इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्ममा रत्नबहादुर श्रेष्ठ, श्रीमाया श्रेष्ठ र सृष्टी थापा पनि निर्माता रहेका छन् भने धनुका राई ‘धरा’ सह निर्माता छिन् । फिल्ममा लेखन निर्देशक घिमिरेकै रहेको छ प्रकाश बज्राचार्य, शंकर अधिकारी घायलको गीत, निर्माता राजेन्द्र श्रेष्ठको संगीत, कविराज गहतराजको नृत्य, प्रदिप खड्काको द्वन्द्व, नविन निरौलाको सम्पादन र निरज कँडेलको छायांकन रहेको छ ।

%d bloggers like this: