Mon. May 6th, 2024

बलिउड अभिनेता अर्जुन रामपालले आफ्नी पत्नीसँग सम्बन्ध विच्छेदको हुन लागेको खबरमा कुनै सत्यता नभएको बताएका छन। झुठो खबर प्रकाशन र प्रसारण गरेको भन्दै उनी मिडियासँग रुष्ट बनेका छन। उनले ट्विटरमा आफ्नो आक्रोश यसरी पोखेका छन। अर्जुनले आक्रोशित हुदैं ट्विटरमा भनेका छन् -‘म र मेरी पत्नी सम्बन्धविच्छेदका निवेदन दिन बान्द्रा पारिवारिक अदालत गयौं ? कसैलाई यस सम्बन्धमा सोधखोज गर्ने हिम्मत किन गरेन।’

timthumb

अर्जुनले उनी नभइ उनका मित्र मार्क रबिन्सन र उनकी पत्नी बान्द्रा अदालत गएका थिए। यसका साथै उनले अब आइन्दा आफ्ना निजी जीन्दगीका बारेमा कुनै अन्तरवार्ता नदिने र कुनै मिडियासँग पनि नबोल्ने बताएका छन। केहि समय अगाडी देखी भारतका केहि पत्रिकाहरुले अर्जुन र उनको पत्निको सम्बन्ध विक्षेद हुने कुराको निकै गसिपका रुपमा समाचारहरु प्रकाशन गदैं आएको थियो ।

%d bloggers like this: