Wed. Apr 24th, 2024

चप्पली हाईट चलचित्रमा अभिनय गरेपछि सर्बत्र चर्चा र विवादमा परेकी नायिका विनिता बराल हाल अर्को नयाँ चलचित्र ‘उमंग’ नामक चलचित्रको सुटिङमा व्यस्त छिन । कुमार बिसीको निर्माण र शिव शर्माको निर्देशन रहेको यस चलचित्रको हाल नेपाल चलचित्र विकास कम्पनी (एनएफडिसी) बालाजुमा छायाँकन भई रहेको छ ।

uumanga

चलचित्रका निर्माता कुमार बिसी र विनिता बरालको चलचित्रमा मुख्य भुमिका रहेको छ । आफ्नै कथा लेखनमा राम्रो चलचित्र निर्माण गर्ने सोचका साथ उमंग निर्माणमा लागेको बिसीले बताए । चलचित्रको काम अन्तिम चरणमा पुगेको छ । चप्पली हाईटमा बिनिताको कामुकता दर्शकहरुले निक्कै रुचाए । अहिले अर्गानिक खेतीमा व्यस्त नायिका बराल सुपरहिटपछिको अर्को चलचित्र उमंगले आफूमा अझ बढी उत्साह थप्नेमा आशावादी छिन्।

%d bloggers like this: